February 26, 2025, 6:44 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगियो

मंसिर १८, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएका उनलाई यहाँको बयान सकिएपछि आज बुद्ध एयरको जहाजमार्फत चितवन लगिएको हो ।

चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार उनलाई चितवन लगिएको प्रहरीले जनाएको छ ।

यसअघि सहकारी ठगी प्रकरणमा लामिछानेसँग कास्कीको पोखरा, रुपन्देहीको बुटवल र काठमाडौंमा बयान लिइसकिएको छ ।

लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीबाट रकम गोर्खा मिडिया नेटवर्कमार्फत रकम अपचलन गरेको आरोप छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन् । उनलाईठगीप्रकरणमा प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पोखरा लगिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दा छ ।

प्रतिक्रिया