January 22, 2025, 1:38 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं : माओवादी केन्द्र

साउन ६, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

अरु विपक्षी दलहरुलाई पनि एकीकृत गर्दै जनताको आवाजहरुलाई उजागर गर्न सहि तरिकाले नेतृत्व गर्ने निर्णय भएको उनले बताए। बैठकमा माओवादीका सांसदहरुले जनसरोकारका विषयहरुलाई सदनमा सशक्त रुपमा उठाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया