February 26, 2025, 7:21 am
» ४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की » क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध » महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना » PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

कीर्तिपुर अपडेट : प्रमुखमा कांग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८

मंसिर १७, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजार ८९२ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत प्राप्त गर्दा माओवादीका शिवशरण महर्जनले एक हजार १८८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।

कीर्तिपुरको वडा नम्बर १ र ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा इच्छा कुमार महर्जन र वडा नम्बर ४ मा राजेन्द्र बानियाँ निर्वाचित भएका हुन् ।

प्रतिक्रिया