February 26, 2025, 7:17 am
» ४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की » क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध » महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना » PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

उपनिर्वाचन : कुशे–७ मा कांग्रेसका सिंह विजयी

मंसिर १७, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काँक्रेबिहार (सुर्खेत) : जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ ।

उक्त पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नेकपा (एमाले) का डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लालबहादुर खत्रीले आठ मत ल्याउनुभयो । उक्त निर्वाचनमा १७ मत बदर भएको थियो । कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया