February 26, 2025, 7:17 am
» ४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की » क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध » महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना » PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित

मंसिर १७, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छिन् ।

आइतबार भएको उपनिर्वाचनको आज बिहान सम्पन्न मतगणनामा लामिछाने ४ हजार २७२ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्र चन्द (सिंह) ले ३ हजार १४७ मत प्राप्त गरिन् । यस्तै, एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत प्राप्त गर्दा राप्रपाकी पार्वती पुनले १७९ मत पाइन् ।

यसअघिको निर्वाचनमा नलगाडको उपप्रमुखमा कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया