February 26, 2025, 7:12 am
» क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध » महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना » PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस » अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी

रविसँग आज पनि बयान लिइने

मंसिर १७, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदैछ ।

गत शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेसँग आइतबार पनि बयान नसकिएपछि आज लिन लागिएको हो ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने छन् । तर बयान चाँडै सकिएमा आजै पोखरा फर्काउने प्रहरीको तयारी छ ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा काठमाडौं ल्याएर बयान लिइएको हो ।गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा रहेका छन् ।

प्रतिक्रिया