February 26, 2025, 10:55 am
» प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

उपनिर्वाचन : रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी

मंसिर १७, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

त्रिवेणी (रुकुम पश्चिम) : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ ।

उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गर्नुभइ विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १९ मत बदर भएको थियो । कूल एक हजार चार सय ३४ मतदाता रहेकामा एक हजार एक सय ४६ मत खसेको थियो ।

वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । अध्यक्षमा निर्वाचित मोतिराम अलबहादुरका भाइ हुनुहुन्छ ।

प्रतिक्रिया