February 26, 2025, 10:44 am
» सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता » थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु

उपनिर्वाचन : डोटीको पूर्विचौकी-६ मा कांग्रेसका थापा विजयी

मंसिर १७, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय हुनुभएको छ । आज सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ६८ मत प्राप्त गरी विजयी हुनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अधिकृत रुद्रमणि गिरीले  दिएको जानकारी अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गर्नुभयो ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गर्नुभयो ।

निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो । यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।

 

प्रतिक्रिया