February 26, 2025, 11:13 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

उपनिर्वाचनः महोत्तरी रामगोपालपुर–२ मा एमालेका खाँ विजयी

मंसिर १७, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सकिबुल खाँ निर्वाचित हुनुभएको छ । उपनिर्वाचनमा खाँले छ सय ३१ मत प्राप्त गर्नुभयो ।

    उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

कूल दुई हजार एक सय ४१ मतदाता रहेका सो वडामा एक हजार पाँच सय १४ मत खसेको थियो । निर्वाचनमा सात राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेका थिए ।

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनबाट अध्यक्ष बन्नुभएका माओवादी केन्द्रका मुकेशकुमार यादवको गत भदौमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

मतगणना परिणामअनुसार नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले दुई सय ८४ र जनता समाजवादी पार्टी नेपालका नजामुद्दिन खानले ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया