February 26, 2025, 11:08 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

एमालेलाई जग्गादान विवाद : पाँचौँ पटकको पेशीमा पनि सर्वोच्चले हेर्न भ्याएन

मंसिर १६, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादको मुद्दा आइतबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो । यससँगै एमालेविरुद्धको यो मुदा पाँचौँ पटक स्थगित भएको छ।

भाटभटेनीका मालिक मीनबहादुरले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।

यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुदै आएको थियो । योसहित स्थगित भएको पाँचौ पटक हो ।

प्रतिक्रिया