February 26, 2025, 11:05 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी सार्वजनिक गर्दा गल्ती भयोः दुर्गा प्रसाईं

मंसिर १६, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं, 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् ।साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेका हुन् ।

‘मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपथ्र्यो, तर ह्वाटसएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो’, प्रसाईंको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘खासमा ती कागजहरू फर्जी नै थिए ।’

प्रसाईंले ३ मंसिरमा युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । आफ्नो दाबीलाई पुष्टि गर्न उनले प्रमाण भन्दै एउटा कागज सार्वजनिक गरेका थिए ।

तर, प्रहरीले प्रारम्भिक जाँच गर्दा नै त्यो कागज फर्जी रहेको भेटिएपछि ४ मंसिरमा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया