February 24, 2025, 4:41 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

चितवनको राप्तीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मंसिर १६, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

चितवन, 

चितवनको राप्ती नगरपालिका-५ खहरे पुलमा बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।शनिवार राति करिब ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा काँकडभित्ताबाट चितवनतर्फ आउदै गरेको प्र१-०१-००१ ख ४१३८ नम्बरको बसले पैदलयात्री राप्ती-६ बस्ने वर्ष ६२ को मनुराम महतोलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारको क्रममा शनिवार राति ९ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने बस र बस चालक झापा शिवसतासी गाउँपालिका-६ बस्ने वर्ष ४८ को देबेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया