February 26, 2025, 10:44 am
» सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता » थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु

कीर्तिपुर नगरपालिकामा मतदान शान्तिपूर्ण

मंसिर १६, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौ– काठमाडौंको कीर्तिपुर नगरपालिकाकाको प्रमुख र दुई वडाको वडाध्यक्षका लागि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर–१ को वडाध्यक्षमा सात पुरुष र एक महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । वडाध्यक्ष पदमा पाँच राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसैगरी वडा नम्बर ४ को वडाध्यक्षका लागि एक यौनिक अल्पसङ्ख्यक समुदाय, दुई महिला र नौ पुरुष उम्मेदवार चुनावी मैदानमा छन् । कीर्तिपुर नगरपालिकामा कुल ३१ हजार एक सय १२ मतदाता छन् ।२०७९ सालमा भएको निर्वाचनमा विजयी नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएकाले ती स्थानमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया