February 26, 2025, 10:58 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरु

मंसिर १६, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं– देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु भएको छ । बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया