January 10, 2025, 10:59 pm
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

सत्ता परिवर्तनका लागि कांग्रेससँगको कुरा झुटो ,२०८४ सम्मकै सरकार : प्रचण्ड

मंसिर १५, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गर्नुभएको छ।

cfh आयोजितd} cfof]lht Ps कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले बताउनु भएको हो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा प्रचण्डले हप्ताको दुई÷तीन पटक कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताउनु भएको थियो।

सोही बारेमा प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै २०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चमार्फत आग्रह गरेको बताउनुभयो ।

यस्तै,प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने बताउनुभएको हो।

सही र गलतको पहिचान जनताले गर्ने बताउनुभयो ।

प्रतिक्रिया