February 24, 2025, 7:15 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

पोखरामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

मंसिर १५, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं– ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ। सो ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढा रहेको प्रहरीले जनाएको छ ।

घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको जनाईएको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले ट्रक चालक ४५ वर्षीय पृथि तामाङलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया