February 26, 2025, 10:41 am
» १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता » थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु » भक्तजन सवार गाडी कालीगण्डकीमा खस्यो

सामाजिक सञ्जालमा द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोमा गृह मन्त्रालयको आपत्ति

मंसिर १४, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं, । गृह मन्त्रालयले पछिल्लो समयमा केही व्यक्तिबाट सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोप्रति आपत्ति जनाएको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जोकोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनी रूपमा निषेधित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भन्दै त्यस्तो कार्य नगर्न नगराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

प्रतिक्रिया