February 26, 2025, 11:52 am
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरु भयो रविको बयान

मंसिर १४, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरु भएको छ ।

शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरको हिरासतबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएसँगै बयान सुरु गरिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान हुनेछ ।

बयान सकिएपछि रविलाई पुनः कास्की नै पठाइने काठमाडौं प्रहरीले जनाएको छ ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया