February 26, 2025, 12:08 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

अहिले पनि प्रचण्ड कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै खबर पठाइरहन्छन् : गगन थापा

मंसिर १३, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बनाउन खबर पठाउने गरेको टिप्पणी गरेका छन् ।
  • बिहीबार अपरान्ह कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको बृहत चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।‘अहिले पनि हप्तामा एकपटक प्रचण्डले कांग्रेसलाई खबर पठाइरहनुहुन्छ लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर । खबर पठाउने काम पहिले अर्कैले गथ्र्यो,’ महामन्त्री थापाले भने ।कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो दल रहेको बताउँदै कांग्रेसले आफू प्रधानमन्त्री बन्ने भन्दा पनि देशलाई स्थिर बनाउनेतर्फ लागेका कारण कहिले प्रचण्ड र कहिले ओलीलाई प्रधानमन्त्री मानेको बताए ।

    हिजो शान्ति प्रक्रियाको बेलाबाटै नेपाली कांग्रेसले देशलाई सही ट्रयाकमा ल्याउन पहल गरेको बताउँदै अहिले पनि कांग्रेस सोही बाटोमा हिडिँरहेको बताए ।

    उनले कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका कृष्णमान डंगोललाई निर्वाचित गराउन समेत आग्रह गरे ।

प्रतिक्रिया