February 26, 2025, 12:06 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे

मंसिर १३, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रवि लामिछानेले ठगी गरेको बताएका छन् ।

बिहीबार कीर्तिपुरमा कांग्रेसद्वारा आयोजित उपनिर्वाचनको अन्तिम सभालाई सम्बोधनका क्रममा महामन्त्री शर्माले दलको नाम स्वतन्त्र राखेर लामिछानेले नागरिकको भावना र असन्तुष्टि ‘क्यास’ गरेको आरोप लगाए ।

‘स्वतन्त्र बनिदिऊँ न त भन्ने खालको मनोविज्ञान मानिसहरूमा आयो । यही मनोविज्ञान ‘क्यास’ गरेर त्यसलाई भजाउन एउटा दलले आफ्नो नामै स्वतन्त्र राखिदियो’, उनले भने, ‘यदि मान्छे स्वतन्त्र हुन्छ त त्यो दलको हुँदैन । यदि कोही मान्छेले दल बनाउँछ भने त्यो स्वतन्त्र हुँदैन । तर, ठगी कहाँसम्म भयो भने दलको नाम स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टि ‘क्यास’ गर्ने प्रयास भएको छ ।’

शर्माले अहिलेको समयमा कुनै दलमा हुनु र नहुनुले स्वतन्त्रताको निर्धारण नगर्ने पनि जिकिर गरे । ‘नेपालका नागरिकलाई स्वतन्त्र बनाउन कांग्रेसले योगदान गरेको हो’, उनले भने, ‘पुरानोका दिन गए भनेर गरिएको प्रचार हामीलाई स्वीकार्य हुँदैन ।’महामन्त्री शर्माले जन्ममिति पुरानो भएकै कारणले कुनै पनि दल पुरानो नहुने तर्क पनि गरेका छन् । नवीन सोचका कारण दलहरू नयाँ हुने तर्क पनि उनले चुनावी सभामा गरेका छन् ।

प्रतिक्रिया