February 24, 2025, 7:33 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

दुर्गा प्रसाईंलाई उपचारको प्रवन्ध मिलाउन सवोच्चको निर्देशन

मंसिर १३, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौँ, 

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ।विद्युतीय कारोबारमा प्रहरी हिरासतमा रहेका प्रसाईं क्यान्सर रोगको बिरामी रहेको बताउँदै सर्वोच्चले आवश्यक उपचारको प्रवन्ध गर्न आदेश गरेको हो।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार उक्त आदेश गरेपनि सर्वोच्चले विहीबारमात्र सार्वजनिक गरेको हो। सोही इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो। निवेदन खारेज भएसँगै प्रसाईं थुनामै रहने भएका हुन्।

प्रहरीले उनी भारतीय ग्याङस्टार विश्नोईको नाममा विभिन्न व्यापारीसँग रकम असुलेको घटनामा संलग्न रहेरनरहेकोबारे पनि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया