February 26, 2025, 12:02 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

रविलाई केहीबेरमा पोखराबाट काठमाडौं ल्याइँदै

मंसिर १३, २०८१ मा प्रकाशित | ११३०दर्शक तीव्रखबर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदैछ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट पोखरा विमानस्थलमा ल्याइसकेको प्रहरीले जनाएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो हो ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई बुद्ध एयरको अहिले साढे ५ बजेको उडानमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको रास्वपा प्रवत्ता मनिष झाले बताएका छन् ।उता रविका साझेदार जोशीलाई प्रहरीले सातअघि काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।

प्रतिक्रिया