December 23, 2024, 6:27 pm
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

उपनिर्वाचन : यस्तो छ माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र राप्रपाका अध्यक्ष लिङ्देनको आग्रह

मंसिर १३, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्। उनले बुधबार भिडियो सन्देशमार्फत् मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरेका हुन्।

‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ। नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो, अध्यक्ष प्रचण्डले भनेका छन्, त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, विसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु।’

उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले भनेका छन्, यहाँहरु सबैलाई अवगत नै छ मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ ।

त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ।’

अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट पारे।

‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ‘उनले भनेका छन् ।

यसैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कांग्रेस, एमाले र माओवादीले बन्धक बनाएको आरोप लगाएका छन्।

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठूला दलले देशलाई बन्धक बनाएको भन्दै जनताले भोटमार्फत् विकल्प खोज्नुपर्ने बेला आएको बताए।

बुधबार उनले भने, ‘यो पटक मन त मत परिवर्तन गरौं, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ अगाडि उभ्याएको छ। प्रष्ट दृष्टिकोणका साथ अघि बढेको खबर रहस्य साप्ताहिकमा छ ।

यो पार्टीलाई मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्न अपिल गर्छौं।’ उनले कीर्तिपुरबाट देश कस्तो बनाउने भन्ने उदाहरण पेश गर्न चाहेको बताए।

राप्रपाले जितेको स्थानीय तहमा कस्तो काम गर्छ भन्ने हेर्नको लागि झापाको हल्दिबारी गाउँपालिकामा जान आग्रह गरे ।

प्रतिक्रिया