February 26, 2025, 11:54 am
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

आज मध्यरातबाट उपनिर्वाचनको निषेध अवधि

मंसिर १३, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं– आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार अवधि आज मध्यरातबाट सकिँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज राति १२ बजेबाट निषेधित अवधि लागू हुने भएकाले कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले चुनावी प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । उक्त अवधिमा उम्मेदवार वा अरु कसैले कुनै पनि माध्यमबाट मत माग्न नपाउने आयोगले जनाएको छ।

आयोगले मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म स्थानीय तहमा रिक्त विभिन्न पदमा उपनिर्वाचन गर्दैछ ।

स्थानीय तहमा रिक्त ४४ मध्ये तीनवटामा निर्विरोध भइसकेकाले अब ४१ स्थानमा मतदान हुनेछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।

प्रतिक्रिया