February 24, 2025, 7:01 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु

मंसिर १३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

भक्तपुर– भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज बिहान भएको दुर्घटनामा भक्तपुर नगरपालिका-५ द्यौलाबस्तीकी नवीना द्यौलाको मृत्यु भएको हो । घाइते हुनेमा उनका श्रीमान् जिते द्यौला छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले बिहान सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते नवीनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते जिते द्यौलाको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया