February 26, 2025, 3:19 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

३ महिनामा मन्त्रीले गरेका काम कारबाहीबारे समीक्षा गर्दै प्रधानमन्त्री ओली

मंसिर १२, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम कारबाहीहरूबारे मन्त्री र मन्त्रालयका सचिवहरुसँग ब्रिफिङ लिने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा गर्ने भएका हुन्।

सरकारलाई असफल हुने छुट नभएको भन्दै ओलीले यस अगाडि चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले भदौमा कार्यसम्पादन सम्झौता गरेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनले सम्बन्धित व्यक्तिबाट बिफ्रिङ लिएपछि आवश्यक निर्देशन दिने तयारी रहेको सचिवालयले जनाएको छ। अहिलेको सरकार जनताको सरकार भएकाले काममा गति दिन थालनी गरिएका काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको थियो। कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश थिए।

प्रतिक्रिया