February 24, 2025, 7:03 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बन्धक बनाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ

मंसिर ११, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

कैलाली,  : धनगढी उपमहानगरपालिका-४ तारानगर डेरा गरी बस्ने २ जना किशोरहरूलाई अपहरण गरी बन्धक बनाई कुटपिट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ अत्तिरिया बस्ने २४ वर्षीय भुपी खड्का, कैलाली धनगढी उपमहानगरपालिका-१ सन्तोषी टोल बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-५ घर भएका १८ वर्षीय किशोर र डडेल्धुरा अमरगढी नगरपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित बाझो घरमा बन्धक बनाई लागूऔषध खुवाई खुकुरी समेत देखाई ३ जना मिलेर आइतबार कुटपिट गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया