February 24, 2025, 6:57 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

आइएमई पेबाट इन-ड्राइभका चालकहरुको लागि नयाँ योजना- पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

मंसिर ११, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरुको लागि ‘५ मा १००- इन-ड्राइभको पुरै कमिशन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।

यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।

मङ्सिर ९ गते देखि फाल्गुन ९ गते सम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफुले इन-ड्राइभलाई तिर्नु पर्ने कमिशन १००% फिर्ता पाउना सक्नेछन्।

साथै तोकिएको कारोबार वा भुक्तानीहरु गरे बापत रु. १०० सम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरुले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नु पर्ने हुन्छ।

– नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (रु. ७५ सम्म बोनस)

– यात्राको भुक्तानी QR वा वालेट ट्रान्सफर मार्फत आफ्नै आइएमई पे एपमा लिने (रु. १० बोनस, प्रति दिन)

– डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन)

– भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन)

– मोबाईल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (रु. १० बोनस, प्रति दिन)

प्रतिक्रिया