January 11, 2025, 9:54 am
» आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु » THE 303rd PRITHIVI JAYANTI & NATIONAL UNITY DAY » अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

मंसिर ११, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं– सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७५ सालदेखि हरेक वर्ष मङ्सिर ११ गते यो दिवस मनाइँदै आएको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनालाई विस्तार गर्दै सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ ।

कोषले आजको कार्यक्रममा टिकटक प्रतियोगिताका विजेता घोषणा र पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । जसमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कोषमा अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ र वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ जना छन् । यस्तै,  स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध रहेको कोषको तथ्यांक छ ।२०७५ साल मङ्सिर ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको औपचारिक घोषणा गरेका थिए ।

प्रतिक्रिया