February 23, 2025, 8:47 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

निजी क्षेत्रको मनोबल गिर्न दिन्नँ : अर्थमन्त्री पौडेल

साउन ३, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसँगको छलफलमा मन्त्री पौडेलले निराशा चिर्दै आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताए। निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धराशायी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनले बताए।

उनले अर्थतन्त्रमा देखिएको समस्याप्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने बताए। आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटो टाँस्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उनले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने जिकिर गरे।

त्यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए।

प्रतिक्रिया