February 24, 2025, 10:02 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

मंसिर ६, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

विराटनगर : मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको एक सातापछि मृत्यु भएको छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १-०१-०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका-६ घर भएकी श्रेष्ठलाई गत कात्तिक २७ गते मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले अस्पतालबाट बुधबार राति निकालेका थिए ।

अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको विर्तामोड नगरपालिका–१ का २१ वर्षीय अनिषकुमार कट्टेल पनि सामान्य घाइते भएका थिए । उपचारपश्चात उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए ।

प्रतिक्रिया