September 19, 2024, 4:11 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

सिमलताल दुर्घटना : ४३ यात्रु र बसको अवस्था अझै अज्ञात

साउन ३, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं,  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशूली नदीमा खसेको बसमा सवार यात्रुमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ ।

भेटिएको मध्ये पाँच वटा शवको सनाखत हुन बाँकी छ ।

हिजो साँझ भरतपुर-२७ सालबासमा एउटा शव र अर्को शव नवलपरासी पूर्वको विनय त्रिवेणी गाँउपालिका-७ मा भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हिजोसाँझ सम्ममा १७ पुरुष र २ महिलासहित १९ जनाको शव फेला परेको हो ।

त्यसमध्ये १४ जनाको शव सनाखत भइसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

चितवनको सिमलताल दुर्घटनाको भएको आज सातौं दिन हो । अझै ४३ यात्रु र बसको अवस्था अज्ञात छ । यात्रुका परिवार र आफन्तले जीवितै उद्धार हुने आशा मारेका छन् ।

सिमलताल यात्रुहरुको खोजी कार्य आज पनि जारी रहने बताइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय जना सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, र्‍याफटिङ बोट, मोटर बोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरेका छन् ।

प्रतिक्रिया