February 23, 2025, 8:42 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

साउन १५ गतेपछि सरकारले संसद्लाई बिजनेश दिने

साउन ३, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारले साउन १५ गतेपछिबाट संसद्लाई बिजनेश दिने भएको छ। सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका हुन् ।

बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिए।

बर्तौलाले साउन १५ गतेसम्म ६ वटा संसद् बैठक बस्ने क्यालेन्डर तय भएको बताए। उनले भने,‘साउन ६, ७ र ८ गते नियमित संसद् बैठक बस्नेछ।त्यसपछि साउन ९, १० र ११ गते संसदीय समितिका बैठकहरू बस्छन्। साउन १२ गते शनिबार पर्छ। १३, १४ र १५ गते पुनः लगातार संसद् बैठक बस्नेछ।’ बैठकका कार्यसूचीबारे भोलिको कार्यव्यवस्था समितिको बैठक बसेर निर्णय गरिने उनले बताए।

एमालेका मुख्य सचेतक बर्तौलाले सरकारले संसदलाई प्रभावकारी बिजनेस दिने बताए। ‘संविधान र कानुनसँग जोडिएका विधेयक सरकारले संसदलाई दिने वातावरण यो सरकारले बनाउँछ। सरकारले संसदलाई प्रभावकारी बिजनेस/विधेयक दिने कुरामा अल्छि गर्ने छैन। प्रभावकारीरुपमा बिजनेस दिनेछ।’ बर्तौलाले भने, ‘साउन १५ गतेपछि सरकारको तर्फबाट बिजनेस आउने र संसदमा आएका बिजनेसलाई कानुन निर्माणको तहमा पुर्‍याउने दायित्व हामीमाथि हुन्छ।’

संसदमा आएकामध्ये ३० वटा विधेयकमध्ये ५ वटा पारित भएको र २ वटा फिर्ता भएको बताउँदै उनले समितिमा रहेका विधेयकलाई अगाडि बढाउनुपर्ने धारणा राखे।

बर्तौलाले सरकारसँग बिजनेस माग्ने र संसदीय समितिमा रहेका विधेयक संसदमा लैजाने काम तत्काल हुने उनले बताए। ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले आइतबार विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया