February 26, 2025, 3:13 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

अहिलेकै व्यवस्थामा भविष्य खोज्न सकिन्छ भनेर जनतालाई भरोसा दिलाउनुपर्छ : राष्ट्रपति

मंसिर ५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्नेगरी जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै राष्ट्रपति पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गर्दै अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्ने गरी जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने उनले बताए। राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गरे।उनले सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यतालाई धूमिल बनाउने अवस्था आउन दिन नहुने बताए। त्यस्तै राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे।

प्रतिक्रिया