December 24, 2024, 2:16 pm
» बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार » प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता » रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल » थाइल्यान्डबाट पाँच नेपालीको उद्धार » श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभा गर्ने

मंसिर ५, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन भएको छ। राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध गर्ने भनिएको जागरणसभा भृकुटीमण्डपबाट दरबारमार्गमा सारिएको जागरण सभा संयोजन समितिका संयोजक एवम् बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिए।नेकपा (एमाले)द्वारा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा शुक्रबार राजधानीमा आयोजना हुँदैछ। जागरण सभा अघि हुने प्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, बीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भट्टराईले बताए।

‘नेकपा (एमाले)द्वारा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा यही मङ्सिर ७ गते राजधानीमा आयोजना गर्न लागिएको जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको छ । भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ । ’ विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुने प्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, बीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोहीबमोजिम ट्राफिक व्यवस्था मिलाउन र जागरण याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ ।’

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्यसमेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।

यस अगाडि पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाएर समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारेका थिए।  ‘जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौं’, उनले भने ।एमालेले विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न यो जागरण सभा गर्न लागेको बताएको छ ।

प्रतिक्रिया