February 26, 2025, 2:01 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित

मंसिर ५, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

धनगढी– जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीका चौधरी (भुल) निर्विरोध निर्वाचित भएकी छन् । 

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस उम्मेदवार चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावले नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी फिर्ता लिएपछि चौधरी समन्वय प्रमुखमा निर्विरोध विजयी भएको जानकारी दिए । भुल गत स्थानीय तह निर्वाचनमा कैलाली गाउँपालिका-२ बाट दलित सदस्यमा विजयी भएकी थिइन् ।

जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनपछि रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया