September 19, 2024, 4:27 pm
» बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

बाग्लुङमा पशुपालनमा अनुदान : दूध र मासुको उत्पादन बढ्यो

साउन ३, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

बाग्लुङ – बाग्लुङमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गएको आर्थिक वर्षमा अनुदान स्वरूप यो रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका ६ वटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो ।

पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बाग्लुङ दूध र मासुमा आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बाग्लुङमा ९३ लिटर उपलब्ध रहेकाे विज्ञ केन्द्रका वरिष्ठ पशु प्राविधिक केशव शर्माले बताउनुभयो ।

प्रतिक्रिया