February 24, 2025, 10:47 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको सक्रियता बढ्यो, १७ नेपाली परे फन्दामा

मंसिर ५, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं,  । यात्रुहरूको बिदेश भ्रमण शंकास्पद् देखिएपछि केहि नेपालीलाई अध्यागमनले रोक लगाएको छ । पछिल्लो समयम १७ नेपालीलाई अध्यागमनले रोकिएका छन् ।

यात्रुहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेसँगै उनीहरु अध्यागमन विभाग,अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौँको पन्जामा परेका हुन् ।

‘भ्रमणको उद्देश्य प्रस्ट पार्नुस्’ भन्दा पनि केही बताउन सकेनन्। कतिपयको भ्रमण गर्ने देशको होटेल बुकिङ पनि देखिएन, एक अधिकृतले भनेका छन्।

कतिपयले श्रम स्वीकृतिसमेत नलिएको उनको भनाइ छ।रोमानिया हिंडेका १० जना र कोस्टारिका हिंडेका ७ जनालाई रोकेको प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिए ।

कोस्टारिका जानेमा सुस्मिता घर्तीमगर, केसबहादु विक, धनबहादुर राना, सतेन्द्र ढकाल, जितेन्द्र परियार, हिमाल गुरुङ र रमा बहादुर खवास रहेका छन् भने रोमानिया जानेमा सन्दीप विक, सृष्टि सिंह, हरि कँडेल, रोशनी परियार, नवराज डिसी, विकल सुनुवार, प्राप्ती अर्याल, कृष्ण सुवेदी, सुरज पराजुली र रिक कुमार थापा रहेका छन्।

भ्रमणका विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेपछि रोकिएका हुन् ।अघिल्लो साता उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ।

भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका थिए।

मुलुककै सबैभन्दा बढी मानिसहरुको आउँजाउँ हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टराईले नेतृत्व गरेसँगै सक्रियता बढेको हो ।

दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशीहरुको आरपार भइरहने विमानस्थलमा भीड व्यवस्थापन निकै चुनौतिको विषय पनि हो ।

पछिल्लो समय अध्यागमनमा क्रमशस् सुधार भएको प्रमुख अध्यागमन अधिकृत भट्टराईले बताए ।

प्रतिक्रिया