February 26, 2025, 1:54 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

पर्यटनमन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै कांग्रेस सांसद बजगाईंले मागे माफी

मंसिर ५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले क्षमा मागेका हुन् ।

“सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,” बजगाईंले भनेका छन्, “मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो । केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो ।

बजगाईँले मन्त्री पाण्डेलाई क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईँले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया