February 26, 2025, 2:08 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा जगतबहादुर घर्ती निर्विरोध

मंसिर ५, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

रुकुमपूर्व  : स्थानीय तह उपनिर्वाचनअन्तरगत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ। पुथाउत्तर गंगा गाउँपालिका-२ मा माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादी नेता तथा रुकुम पूर्वका संघीय सांसद  पूर्ण घर्तीले जानकारी दिए।

उनका अनुसार कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन्। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

स्थानी तह उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया