काठमाडौं । मंगलबार बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगन् भयो ।
मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक आकस्मिक रुपमा स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस नेताहरुसँगको छलफलमा बस्नु परेकोले आजको बैठक स्थगित् भएको बताईन्छ ।
अबको बैठक बिहीबार बस्ने बालुवाटार स्रोतले जानकारी दिए ।
प्रतिक्रिया