January 12, 2025, 1:01 am
» अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द » कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते » मलद्वारमा लुकाएर ल्याइएको सुनसहित तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ » गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ » बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड

प्रधानमन्त्रीले बोली दिए पुग्यो, जनता संकटमा सरकार रमिते

मंसिर ५, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं,  । देशका प्रधानमन्त्री केपी ओलीलाई बोली दिए पुग्छ । भलै उनले बोलेको सबै कुरा पुरा हुनेमा स्वयम् प्रधानमन्त्री केपी ओलीलाई हुँदैन ।

यस पटक असोजमा भएको भारी वर्षाले पुऱ्याएको क्षतिग्रस्त वीपी राजमार्ग लगायत सडक तत्काल सञ्चालनमा ल्याउन उनले निर्देशन दिंदा सड़क सम्बद्ध प्राविधिकहरुले भोग्नु सम्मको हैरानी भोग्नु पर्यो ।

भौतिक मन्त्रालयका सचिव लगायत सबै उच्च प्राविधिक अधिकारीहरु वीपी राजमार्गमा रात-दिन खटिन पर्यो र बल्ल दशैं भन्दा पहिले सवारी साधन चल्न थाल्यो । क्षतिग्रस्त यो राजमार्ग पहिले कै अवस्थामा ल्याउन थोरैमा ७ अर्व लाग्छ ।

सरकारले त्यसका निम्ति रकम जुटाउन  सकेको छैन । जसले वीपी राजमार्ग बनाई दियो जापान सरकारले नै वीपी राजमार्गको क्षतिग्रस्त भाग बनाई दिनु पर्छ प्रधानमन्त्री र राजनीतिसँग जोडिएका नेताहरु भन्छन् ।

प्राविधिकहरु समयमा यो बाटो दुरुस्त नबनाए वैशाख पछि अथवा वर्षा हुना साथ यातायात सञ्चालन हुन सक्दैन । असोजको वर्षाले वीपी राजमार्गको १२ किलो मिटर क्षेत्र पूर्ण रुपमा बगाएको छ ।

उता, झापाको चारआलीबाट ताप्लेजुङको सदरमुकाम हुँदै चीनको उत्तरी नाका जोड्ने तयारीमा पुगेको मेची राजमार्ग पनि असोजको वर्षाले ठाउँ ठाउँमा क्षतिग्रस्त भयो ।

ठीक दशैं अगाडि राजमार्गमा भएको क्षतिले ताप्लेजुङको पाथीभरा मन्दिर जाने तिर्थालु र त्यस क्षेत्रमा उत्पादित अम्रिसो, अलैंची र चिया निकासीमा केही दिनसम्म समस्या उत्पन्न भयो ।

जबकी क्षति ग्रस्त बाटो खुलाउन क्षेत्रीय अनुगमन प्रमुख सुई विनोद मौवार लगायत प्राविधिकहरु रात-दिन सडक मै वास बसेर सडकको क्षति ग्रस्त खण्ड दुरुस्त पारेर यातायात सञ्चालन गराएर ।

जबकी सुई मौवार लगायतका निम्ति उक्त सडक सञ्चालनमा ल्याउन सडक मै वास बस्नु पर्दा आफ्नो दशैं बिग्रिएको पत्तै पाएनन् ।

मेची राजमार्ग अन्तर्गत क्षतिग्रस्त खण्डको पुनरनिर्माण गर्न तत्काल १ अर्व लाग्ने प्राविधिकहरु बताउँछन् ।

प्रधानमन्त्री केपी ओलीले बोली दिए पछि सबै पूरा गर्नु पर्ने बाध्यता भएको यस पटक सडकमा खटिएका प्राविधिकहरु बताउँछन् ।

जबकी विगतमा प्रधानमन्त्री केपी ओलीले पाईप लाईनबाट घर-घरमा ग्यास, कोशी र गण्डकीबाट समुद्रसम्म पानी जहाज, पूर्व-पश्चिम र पोखरा हुँदै कुस्मा सम्मा रेल चल्ने उनले बताए । अहिले ती सबै हिस्स भए ।

जनता संकटमा सरकार रमिते
राजनीति गर्न जोगी हुन होइन भन्ने प्रधानमन्त्री केपी ओली शासक हुँदा देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने विश्वास भएन । प्रधानमन्त्री नै बेथितीका नायक बनेका छन्। उनैले उपहार र दान लिएर सरकार कै कानूनको खिल्ली उडाएका छन् ।

केपी शासनमा जनताले संकटका बेला राहत पाउने आश हुँदैन । असोजको शुरु मै वर्षादले १५ अर्व सरकारी खर्च लाग्ने गरी सडक ध्वस्त छन्। जनताले राहत पाउने अवस्था छैन । पुनःनिर्माणमा ७ अर्व मर्मत खर्च लाग्ने अनुमान छ ।

प्रधानमन्त्रीका सय दिन रमाइलो मै वितेका छन् । विपत पछिको पुनर्निर्माणमा सरकार जिम्मेवार छैन ।

भ्रष्टाचारले सुशासनका कुरामा हुँदैन । सरकार के गर्दैछ देशको अर्थनीति कस्तो छ ? सबैलाई थाहा छ ।

प्रधानमन्त्री केपी ओली जस्तो कपटी विचारमा छुद्रता व्यवहारमा दुष्टता पहिचान हो । कांग्रेसले जनताको सेवा गर्दैन् ।

भ्रष्टाचारी बचाउने, सहकारी ठग जोगाउने कांग्रेसको मूल धर्म भएकोले कालोवजार कांग्रेसलाई चासो छैन ।

कुलदेवीलाई बचाउन पाए सभापति शेरबहादुर देउवालाई पुगेको छ ।

आफू कम बोल्ने गर्नु पर्ने काम श्रीमती डा. आरजु मार्फत गराउने शेरबहादुर देउवा अहिले केपी ओलीबाट सन्तुष्ट छन् । किनकी छैठौं पटक प्रम बन्ने देउवाको रहर पूरा हुन केपी ओली कै समर्थन हुनुपर्छ ।

ओली शासन आफ्नालाई स्वर्ग अरुका लागि काल बन्दैछ । किनकी केपी ओलीका दर्जन अनियमितता यस पटक पनि उब्जेका खबर चर्चा साप्ताहिकमा उल्लेख छ ।

मुलुक बाढी पहिरोले पीडित छ । जनता कालो बजार भ्रष्टाचारमा ग्रस्त समाजबाट प्रताडित छ । प्रधानमन्त्री जस्ता छन् समाज त्यस्तै बन्दैछ ।

कथित जान्नेलाई छान्ने अभियानको नयाँ अनुहार रास्वपा जस्ता ठग र भ्रष्टमा पनि हसिलो बनेका छन् । पार्टी कार्यकर्ता लाई गुटको आधारमा मौका दिने र मनपरी गर्न सहज भएको छ।

राजकीय सत्ता गटको आधारमा फाईदा लिने जनताको दैनिकीलाई लात हान्ने एमालेको चरित्र यस पटक झन छर्लङ्ग भएको छ ।

जनतालाई केही गर्न परेन भए जति सबै एक्लै हजम गरे पनि कांग्रेस बोल्दैन विपक्षीले कोलाहल मच्चाएर पछि प्रधानमन्त्री आफै आतंकित भएका छन् ।

प्रतिक्रिया