February 26, 2025, 2:21 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सहकारी बचतकर्ता आन्दोलनमा सहभागी होऔं : सुमना श्रेष्ठ

मंसिर ४, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवम्‌ सांसद्‌ सुमना श्रेष्ठले भोलि (मंसिर ५) मा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरेकी छिन्‌ ।

मङ्गलबार साँझ सामाजिक सञ्‍जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै श्रेष्ठले सहकारी पीडितले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन खुला अपील गरेकी हुन्‌ ।

‘बचतकर्ताहरूको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि समस्त आम नेपाली नागरिकहरुमा हार्दिक आग्रह गर्दछु,’ श्रेष्ठले भनेकी छिन्‌ ।

स्मरण रहोस्‌; रास्वपाकै सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धान निम्ति कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्‌ ।हाल फरार रहेका भनिएका जीबी राईसँगको साझेदारीमा खोलिएको गोर्खा मिडिया प्रालिमा सहकारी संस्थाहरूबाट रकम ल्याइ फिर्ता हिनामिना गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले पार्टी कार्यालय चमतीबाटै पक्राउ गरी पोखरा लगेको थियो ।

प्रतिक्रिया