February 25, 2025, 1:23 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

मंसिर ४, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

डोटी– सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ। अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् । 

शनिबार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका-८खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश बिक घाइते भएका थिए ।

दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट अन्यत्र जाने तथा तराईबाट भित्रिने सवारी साधन तथा सयौँ यात्रु अलपत्र परेका छन् । अलपत्र परेका यात्रुले यथाशीघ्र अवरुद्ध सडक खोल्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । 

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप शाहले पीडित पक्षसँग सहमतिका लागि जिल्ला प्रहरी कार्यालयमा वार्ता जारी रहेको जानकारी दिए। प्रहरीले सो दुर्घटनामा संलग्न भएको आशंकामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  प्रहरी निरीक्षक शाहले बताए।

प्रतिक्रिया