February 25, 2025, 1:32 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

करेन्ट लागेर दुई जनाको मृत्यु

मंसिर ४, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं–  बाँकेको नरैनापुर गाउँपालिका-५ मटेहिया गाउँ बस्ने ४८ वर्षीय बाबुराम यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।  सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यसै गरी, ललितपुरको गोदावरी नगरपालिका-११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

छिमेकीको घर कम्पाउण्डमा रहेको एभोकाडोको फल झार्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरु अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया