February 26, 2025, 2:47 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, साँझ मन्त्रिपरिषद् बैठक

मंसिर ४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा छलफल हुने भएको छ ।

मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ ।

मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ ।

सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो ।

बालुवाटार स्रोतका अनुसार ठ्याकै कुन विषयमा कसरी दुई नेताले छलफल गरे भन्ने कुराको जानकारी भने छैन ।

बालुवाटार स्रोतले भन्यो, ‘ठ्याकै कति घण्टा छलफल भयो र के के कुरामा कस्तो कुराकानी भयो त्यसको जानकारी दुई नेतालाई मात्र थाहा छ । तर चीन भ्रमणपछि केही मन्त्रीहरू फेरबदल गर्ने सल्लाह भएको बुझेका छौँ ।’

बालुवाटार स्रोतका अनुसार सभापति देउवा र ओलीले पनि केही कांग्रेस एमालेका मन्त्रीहरू परिवर्तन गर्न तयार छन् ।

बैठकमा आफ्ना पार्टीका नेताको धारणा बुझेर दुई नेताहरू बस्ने बताइएको छ । यता सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बिहान छलफल गरेका छन् ।

प्रतिक्रिया