February 25, 2025, 1:36 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एमाले जग्गा विवाद : न्यायाधीशद्वय प्रधान र मुसलमानको इजलासमा पेसी

मंसिर ४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं– व्यवसायी एवं भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको छ ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।उक्त रिटको पहिलो सुनुवाइ कात्तिक १२ गते भएको थियो । जसमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया