January 12, 2025, 4:29 am
» युक्रेनलाई अतिरिक्त सहयोगबारे जर्मन सरकार विभाजित » सखरखण्डर र पिँडालुको मूल्य उच्च » रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित » माघीको तयारीमा जुटयो थारू समुदाय » यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर

शिपमुलक शिक्षामा जोड दिँदै ग्रीनल्याण्ड बोर्डिङ स्कुल

मंसिर ४, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

एन्टिना घनश्याम, सिन्धुपाल्चोक । समाज दिनानुदिन डिजिटल युगतर्फ अगाडि बढिरहदा नेपाली शैक्षिक क्षेत्रमा पनि आधुनिक शिक्षण पद्धतिसङै ब्यबहारिक शिक्षाको बिकास दिनानुदिन भैरहेको छ।

बलेफी ८ लामोसाघुस्थित ग्रीनल्याण्ड बोर्डिङ स्कुलले पनि बिध्यार्थीहरुलाइ किताबमा मात्र रटाउने प्रक्रियालाई छोडी बच्चा को चाहना मुताबिक सिपमुलक सिकाइ पद्दतिलाइ बिशेष जोड दिने गरेको संचालक कर्मावाङ्गेल लामा बताउँछन् ।

बि. स २०६० सालमा स्थापित यो निजि स्कुलले बिध्यार्थीको चाहना अनुसार खेलकुद, बक्तित्वकला, नृत्य , अभिनय, चित्रकला, ह्याण्डराइटिङ, गायन जस्ता अतिरिक्त क्रियाकलापलाई बिशेष प्राथमिकतामा राखेर बच्चाहरुको सर्बाङ्गिण बिकासमा जोड दिदै आएको अभिभावकहरु बताउछन ।

अतिरिक्त क्रियाकलापको अलवा आफ्नो स्कुलले डिजिटल पद्धति अनुसार अडियो, भिडियो मार्फतबाट समेत सिकाइरहेको सहायक प्रधानाध्यापक प्रेम लामाले बताए । हाल यो स्कुलमा ५५० भन्दा बढी बिध्यार्थीहरु पठनपाठन गरिरहेका छन।

प्रतिक्रिया