February 25, 2025, 1:43 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार

मंसिर ४, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट चामल बोकेर काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक बिहान करिब साढे ५ बजे हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनास्थलबाट तीनजनाको घाइते अवस्थामा उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा ट्रक चालक नवलपरासीका आशिष महतो, सहचालक राजु थापामगर र ट्रकका धनी सुरेश गुरुङ छन् ।

उनीहरुलाई मझिमटारस्थित बिहानी फार्मेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।

प्रतिक्रिया