January 12, 2025, 4:24 am
» सखरखण्डर र पिँडालुको मूल्य उच्च » रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित » माघीको तयारीमा जुटयो थारू समुदाय » यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर » यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

जिल्ला प्रशासन कार्यालय बाराका नासु उमेश पासवान नक्कली नागरिकता जारी गरेको आरोपमा पक्राउ

मंसिर ३, २०८१ मा प्रकाशित | २२००दर्शक तीव्रखबर

काठमाडौँ। नक्कली नागरिकता जारी गरेको अभियोगमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा (नासु) उमेश कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, मृतक नेपाली व्यक्तिको नाममा भारतीय मुस्लिम नागरिकको फोटो टाँसी वंशजका आधारमा नागरिकता जारी गरेको आरोपमा नासु पासवानलाई पक्राउ गरिएको हो।

यसअघि, नागरिकता लिने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको अवस्थामा नासु पासवानमाथि थप अनुसन्धान भइरहेको थियो। कार्यरत अवस्थामा उनले पुनः आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावना रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रशासन स्रोतले जनाएको छ।

प्रशासन बाट )

प्रतिक्रिया